लुम्बिनी प्रदेश सरकार अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, राप्ती उपत्यका (देउखुरी), नेपालको "कृषिको आधार: सिँचाइमा सुधार" भन्ने मुल नारालाई आत्मसात गर्दै नेपालको कृषि क्षेत्रमा उत्पादकत्व वृद्धि गर्ने र बाढी तथा पहिरो नियन्त्रण गर्ने उदेश्यले यस जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, प्यूठानको स्थापना वि.स. २०७५ सालमा भएको थियो l यस कार्यालयले विशेषगरी नदि, नहर, तथा अन्य जलस्रोतहरुबाट पानीको उचित व्यवस्थापन गरी सिँचाइ संरचना, नदि नियन्त्रण र सिँचाइका विविध योजनाहरुमा उल्लेख्य रुपमा काम गर्दै आइरहेको छ l हाल यस कार्यालय प्यूठान नगरपालिका वडा नं ०४, बिजुवार, प्यूठानमा अवस्थित छ l